३२ वर्षपछि म्याराथनमा नेपाललाई स्वर्ण

Share post:

काठमाडौं,
११३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पनि नेपालले स्वर्ण पदक जितेको छ।

नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण जितेको हो। सन् १९८७ को तेस्रो सागमा बैकुण्ठ मानन्धरले नेपाललाई म्याराथनमा स्वर्ण जिताएपछिको यस विधामा यो पहिलो स्वर्ण हो।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन्।

उनले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका हुन्। म्याराथनमा भारतका रसपाल सेन दोस्रो स्थानमा रहे। उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा दूरी पुरा गरे।

यस्तै भारतकै श्रीसिंह तेस्रो स्थानमा रहे। उनले २ घण्टा २२ मिनेट ७ सेकेन्डमा दूरी पार गरे।

तेस्रो सागमा बैकुण्ठले कायम गरे २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समयको कीर्तिमान हालसम्म कसैले भंग गर्न सकेको छैन।

ताजा समाचार