१० वर्षे जनयुद्धका बेला प्रचण्ड जंगलमा नबसेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् । उनले भने ‘आठवर्ष त प्रचण्ड भारतको एक पाँचतारे होटलमा बसेको थिए ।’
शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही होटलका कर्मचारीले ‘तपाईको प्रधानमन्त्री प्रचण्ड यहीं कोठामा आठ वर्ष बस्नुभएको थियो’ भनेको बिजुक्छेले सुनाए ।
‘जनयुद्धका बेला प्रचण्ड भारतको एक पाँचतारे होटलमा आठ वर्ष बसेका थिए तर नेपाली जनतालाई जंगलमा बसेको, गुरिल्ला युद्ध गरेको भनेर भ्रम छरियो’, अध्यक्ष बिजुक्छेले भने, ‘माओवादीहरुलाई भारतले नै सबै तालिम दिएको हो।
माओवादीले दस वर्षसम्म भारतकै दानापानी खाएका थिए । अब फेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने खोजिरहेको छ ।’
उनले भारतले भनेजस्तो गरे देश सकिने र नगरे प्रचण्ड सकिनेबारे आफूले उनीहरुलाई पहिल्यै सचेत गराएको सुनाए ।