पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २(१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो ।
राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो ।
आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । यद्यपि दुवै लिगको शीर्ष स्थानमा रहेकाले १ खेल अगावै फाइनलमा स्थान पक्का गरेका छन् ।अनलाईन