पोखरा ।
पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन्।
नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी हुन्। ‘जनताले मालपोत र नापी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्नुहोस्’, उनले भनिन्।’
मन्त्री अर्यालले कर्मचारीलाई कमजोर मनस्थिन नबनाउन आग्रह गर्दै सेवाभावका साथ प्रस्तुत हुन निर्देशन दिइन्। जागिरे मानसिकताबाट माथि उठेर निस्वार्थरुपमा काम गरे डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
‘तपार्इंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन। गल्ती नगरेकालाई अख्तियारले लगेको छैन। प्रमाणै फेला परेपछि त के गर्नु तरु’ उनले भनिन्, , ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन्। । यदि हो भने त्यस्तो गर्नुभएन। परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो।’ राम्रो काम गर्ने कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन्।