सुनको मूल्य घट्यो, चाँदी स्थिर

Share post:

काठमाडौं । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ ।

बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार प्रतितोला ३०० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ स रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।अन्नपुर्ण

ताजा समाचार