काठमाडौं – आज शुक्रबारदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ । क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ ।
सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ राई, नम्रता श्रेष्ठ, विजय बराल, भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, अनोल पाण्डे लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी छ । यस्तै फिल्ममा शिवराज श्रेष्ठको छायांकन निमेश श्रेष्ठको सम्पादन तथा निर्देशक गुरुङको स्किृप्ट छ ।