पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् ।
फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ ।
दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । ‘गोल हान्, गोल हान् ।’
बल नेपाली गोलपोस्टतिर जाँदा दर्शक शान्त बन्छन् ।
बल भारतीय गोल पोस्ट नजिक जादा दर्शकहरु जुरुक्कै उठ्छन् र भन्छन्न् ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान, गोल हान् ।’
करिब ६ हजारमात्र दर्शक अट्ने रंगशाला प्यारापिट पूरापूर भरिएको छ । भित्र सिट नपाएपछि बाहिरै बसेर पनि खेल हेरेका छन् ।