महेन्द्रनगर ।
मानव अधिकार रक्षक सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । सोमवार टंक ढुङगानाको संयोजकत्वमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको हो ।
सुदूरपश्चिमका नौँ वटै जिल्लाको प्रतिनिधित्व सहित ग्रामीण क्षेत्रमा पनि मानव अधिकार विस्तार तथा मानव अधिकार रक्षकको सहभागिता वृिद्ध र विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यका साथ सञ्जाल गठन गरिएको छ ।
सञ्जालको सदस्यहरुमा कञ्चनपुरबाट होम योगी, बाजुराबाट सत्य शाह, बझाङबाट बिरेन्द्र खड्का दार्चुलाबाट रामसिंह धामी चयन भएका छन् । यस्तै बैतडीबाट मोहन चन्द, डडेल्धुराबाट पद्मा भण्डारी, डोटीबाट गीता नेपाली र कैलालीबाट जुना चौधरी सञ्जालको सदस्यमा चयन भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रलेख अधिकृत कृष्ण बहादुर विश्वकर्मा सदस्य सचिवका रुपमा सञ्जालमा रहेका छन् ।
यस्तै तीन सदस्सिय सल्लाकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का खडक राज जोशी, नारी उत्थान केन्द्र कञ्चनपुरका मञ्जु भट्ट र सीता बिक रहेका छन् ।
बिहिवार कैलालीको धनगढीमा बसेको नवगठित सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठकले जिल्लास्तरीय सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।