काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।
सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४ पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८।१३ सेकेन्डमा पूरा गरिन् ।
सागमा कुनैपनि नेपाली खेलाडीले ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो ।
प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् ।
यसअघि फरक फरक सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले यस साथमा चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।