उत्पादन बृद्धिले कञ्चनपुरमा उखु खेतीका लागि ट्रेन्च प्रविधिको प्रयोग बढ्दो

विज्ञापन

Share post:

कञ्चनपुरका किसानले उखु खेतीमा ट्रेन्च (नाली) प्रविधिको प्रयोग गरी आम्दानी लिन थालेका छन्। सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिबाट गरिएको उखु खेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा बृद्धि हुने भएपछि किसानले यस विधिलाई अपनाउन थालेका हुन्। आधुनिक हलोको मद्दतले ट्रेन्च अर्थात् नालीमा उखुलाई रोपिने गर्दछ।

जसबाट उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीले समेत असर कम गर्दछ। नालीको बीचको भागमा अन्तरबालीका रुपमा तोरी, आलु, लसुन, मसुरो, धनियाँ, मटर आदीको खेती गर्न सकिने भएकाले किसानले यसबाट अतिरिक्त आम्दानी समेत लिँदै आएका छन्।

सामान्य विधिमा उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेन्च प्रविधिमा उखु खेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको छ कृष्णपुर नगरपालिका ३ दमलपट्टिका किसान दुखिराम चौधरीले बताए। उनले भने, ‘यस प्रविधि बाट गरिएको उखु खेतीमा सिंचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ।’ उनका अनुसार उखु बाँध्न सजिलो, उखु हावाहुरीबाट कम ढल्ने, रोग किरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने भएकाले तौल समेत बढ्ने हुन्छ।

शरदकालीन उखु खेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८, ९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन्। नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत किसानले शरदकालीन उखु खेती गरेका हुन्।

परियोजना अन्तर्गत विपद न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रको रुपमा उखु वाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, माहाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखु वालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरले बताए। उनका अनुसार परियोजनाअन्तर्गत यस वर्ष मात्रै कृष्णपुर नगरपालिकामा ३।१५ विघा, शुक्लाफाँटा नगरपालिकामा १०.६२५ विघा, लालझाडी गाउँपालिकामा २७।५ विघा क्षेत्रफलमा शरदकालीन उखु खेती गरेको छ।

जसको कुल क्षेत्रफल ३८.७८ विघा रहेको छ। उखु खेतीका लागि लालझाडी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट मलखाद स्वरुप प्रतिविघा पाँच हजार ५०० अनुदान रकम समेत प्रदान गरिएको छ। त्यसैगरी महाकाली चिनी मिलबाट अन्तरबालीका लागि तोरीको बीउ र विषादी निशुल्क रुपमा वितरण गरिएको छ।

परियोजनाकातर्फबाट नयाँ समुदायलाई बीउमा ५० प्रतिशत अनुदान र पुराना समुदायमा थप आवश्यक खादमलमा अनुदान दिने कार्य गरिएको अधिकृत घिमिरेको भनाई रहेको छ। आधुनिक नयाँ प्रविधिको रुपमा ट्रेन्च विधि, रेजर विधि र चिप ९आख्ले० विधिबाट खेती गर्नका लागि माहाकाली चिनी मिल, उखु किसान समिति र कृषि विकास शाखाहरूसँगको समन्वयमा समुदायमा कृषि औजार समेत वितरण गरिएका छन्।

नयाँ र पुरानो गरी कञ्चनपुरमा ट्रन्च प्रविधिबाट झण्डै दुईसय विघा जग्गामा उखु खेती हुने गरेको छ। जसको उत्पादन २० हजार क्विन्टल बढी हुने गरेको छ। ट्रेन्च प्रविधिमा लगाइने उखु खेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुकरका किसानले चिप कटर ९आँख्ले० विधिको प्रयोग समेत गर्न थालेका छन्।

उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ। नर्सरीमा उम्रेका उखुका विरुवालाई किसानले खेतमा तयार गरेको ट्रेन्चमा निश्चित दूरीमा रोप्ने गर्दछन्। यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ।

पुरानो तरिकाले एक विघा खेतमा उखु रोप्दा ३० देखि ३५ क्विन्टलसम्म उखुको बीउ लाग्ने गर्दथ्यो बेलौरी १० हात्तीबोझाका किसान आश्रय बडायकले बताए। उनले भने, ‘चिप कटर विधिको प्रयोग हुन थालेपछि बीउ पाँचदेखि १० क्विन्टल मात्रै लाग्न थालेको छ। उत्पादन समेत परम्परागत विधिको तुलनामा दोव्बरले बृद्धि हुने गरेको छ।

’उनले चार वर्षदेखि यस विधिबाट उखु खेती गर्दै आएका छन्। बीउ र उखुको उत्पादन बृद्धिसँगै लागत खर्च निकै लाग्ने भएपछि यस विधिलाई किसानले अपनाउन थालेका छन्। रासस

ताजा समाचार