पैसाको चलखेल हुने कार्यालय सबैले रोज्छन्ः मुख्यमन्त्री भट्ट

Share post:

महेन्द्रनगर । सोमवार कञ्चनपुरको महेन्द्रनगरमापनि भष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा भष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख बाबुराम खतिवडाको अध्क्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले राजनीतिक नेतृत्व र प्रशासनिक निकाय नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार मन्त्री भट्टले भ्रष्टाचार रोक्नको लागि सबैले ईमान्दार बन्न जरुरी रहेको बताए । उनले भने ‘सवै नेपाली भष्ट्राचारको विरोधमा छौँ, तर भष्ट्राचार गर्ने को हाल सम्म पनि बुझ्न सकेका छैनौँ ।’ उनले थपे ‘सबै कर्मचारी पैसाको बढी चलखेल हुने कार्यालय मालपोत, नापी, राजस्व जस्ता कार्यालय जान खोज्छन् सबै सामान्य कार्यालयमा जान मन पराउदैनन् ।’

भ्रष्टाचार बोलीमा मात्र नभई व्यवहारमै यसको रोकथाम गरेमा न्युनिकरण हुने मन्त्री भट्टले बताए । उनले भने ‘भष्ट्राचार न्युनिकरण गर्न हामिले जे पाएका छौ त्यही कुरामा सन्तुष्ट हुन जरुरी छ ।’

त्यस्तै कार्याक्रमका अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख बाबुराम खतिवडाले अख्तियारको सक्रियतामा मात्रै भष्ट्राचार रोक्न नसकिने भएकाले यसको लागि सबैले इमान्दार बन्न जरुरी रहेको बताए ।

भ्रष्टाचार शक्ति र अधिकार भएको व्यक्तिले गर्ने गरेको खतिवडाल बताए । कार्यक्रमका सहभागीहरुले सर्वव्यापी रुपमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सुन्य सहनशीलताको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मान बहादुर सुनार, नागरिक निगरानी समाजका अध्यक्ष डा. टेकराज पन्त, प्रमुख जिल्ला अधिकारी सुसिल कुमार वैद्य, स्थानिय निकायका जनप्रनिनिधि, नगर तथा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको थियो ।

कार्याक्रममा म भष्ट्राचार गर्दिन भनेर हस्ताक्षर संकलन पनि गरीएको थियो ।

ताजा समाचार