कोहलपुर घटनामा गोली चलाउन आदेश दिने प्रहरीलाई कारवाही गर्न नेविसंघ अछामको माग

Share post:

महेन्द्रनगर । मंसिर २२ गते बाँकेको कोहलपुर स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा ७ मा अध्यनरत प्रकृति चन्दलाई कोहलपुर नेपालगञ्ज सडक खण्डमा गुडिरहेको ना.२ ख. ९४६९ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा कोहलपुर आन्दोलित भएको थियो ।

ठक्कर बाट चन्द गम्भिर घाईते भएपछि विद्यार्थि तथा स्थानिय आन्दोलित हुदा प्रहरीले गोली प्रहार गर्दा केही थप विद्यार्थि घाईते हुदा उत्त सरकारी कदमको नेपाल विद्यार्थि संघ अछामले घोर निन्दा गरेको छ ।

सोमवार नेविसंघ अछामले विज्ञप्ति निकाल्दै सरकारको उत्त कदमको निन्दा गर्दै आन्दोलित विद्यार्थिहरु माथि गोली प्रहार गर्न आदेश दिने प्रहरीलाई कारवाहीको माग गरेको छ ।

गणतन्त्रमा निर्दोष माथि गोली प्रहार गर्नु लज्जास्पद भएको र गोली प्रहार गर्न आदेश दिने प्रहरी माथि कारवाही नभए घटना उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार स्वयम सरकार हुनु पर्ने चेतावनी समेत दिएका छन् ।

ताजा समाचार