महेन्द्रनगर । बहुविवाह कसुरमा झन्डै २ वर्ष देखी फरार बझाङ्ग जिल्लाको थलराकोट गाउँपालिका स्थित कोईरालकोटका चन्द्र बहादुर सिंहको छोरा दिपक बहादुर सिंहलाई बझाङ्ग प्रहरीले प्रक्राउ गरेको छ ।
सोमवार ना ६ ख १९८३ नम्बरको गाडीमा भारत तर्फ जान लागेका फरार प्रतिवादी सिंहलाई प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जानकारी दिएको छ ।
सिंहलाई २०७४ फागुन १६ गते बहुविवाह मुद्धाको कसुरमा जिल्ला अदालत बझाङ्गले १ वर्ष कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
सिंहलाई प्रहरीले प्रक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी कारागार सुरक्षा गार्ड बझाङ्गमा राखिएको प्रहरीले जनाएको छ ।