कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीः ४ महिनामा ८८ मुद्दा मात्र दर्ता

Share post:

महेन्द्रनगर ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दायर हुने मुद्दामा कमी आएको छ । चोरी, पैठारी गरि आएका सामान बरामद पश्चात् कञ्चनपुर भन्सार कार्यालयमा मुद्धा दर्ता गरिन्छ ।

तर कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्क अनुसार मुद्दा दर्ताको आंकडा भने घट्दो छ । चार महिनाको अवधिमा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा ८८ मुद्दा मात्रै दर्ता भएका छन् ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको मुद्दा शाखामा आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा ८८ मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा पदमराज भट्टले दैनिक सञ्चारलाई बताए ।

प्रहरी तथा भन्सार कर्मचारीको सक्रियतामा भन्सार छलि भित्रिएका सामान बरामद गरि भन्सार कार्यालयलाई बुझाइन्छ । ती विरद्ध मुद्दा दर्ता गरेर सामानलाई लिलाम प्रक्रियामा लैजाने गरिन्छ ।

जिल्लाको दक्षिणी क्षेत्र, दोधारा–चाँदनी, ब्रह्मदेवबाट चोरी, तस्करी तथा भन्सार छलि गरेर भित्रिएका सामान पछिल्लो समय बरामद कम भएकाले अन्य वर्षको तुलनामा यस वर्ष कम मुद्दा दर्ता भएको भन्सार कार्यालय गड्डाचौकीको मुद्दा शाखाका नायव सुब्बा पदमराज भट्टले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ को साउनमा ३२, भदौँमा २७, असोजमा ११, कार्तिकमा १२ र मंसिरको हालसम्ममा ६ मुद्दा दर्ता भएका हुन् । यो तथ्याङ्क अनुसार औसतमा दिनमा एक मुद्दा पनि दर्ता हुदैन । गत आर्थिक वर्ष २०७५÷०७६ मा कञ्चनपुर भन्सार कार्यालयमा तीन सय ४५ मुद्दा दायर भएका थिए ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा बरामद गरिएका केही सामानहरु लिलाम भएका छन् । चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म बरामद गरिएका सामानमध्ये २८ वटा सामान लिलाम भएको नायब सुब्बा भट्टले बताए । जसबाट कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आठ लाख २८ हजार दुई सय ७७ राजस्व संकलन गरेको छ ।

ताजा समाचार