महेन्द्रनगर । बाजुरा प्रहरीले ३ सय २० लीटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
सोमवार जिल्लाको बडिमालिका नगरपालीका ८ र ९ स्थितका होटेल तथा पसलहरूमा चेकजाँच गर्दा बिक्री वितरणका लागि राखिएको अवैध घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ पास बरामद गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जनप्रतिनिधि, स्थानीय भद्र भलादमी, पत्रकारहरूको रोहवरमा मदिरा नष्ट गरीएको थियो ।