महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका– ४ स्थित एक सहकारीमा सोमवार राती चोरी भएको छ ।
महाकाली नगरपालिका– ४ को सृजना बचत तथा ऋण सहकारी संस्थाको झण्डै ४ लाख नगद चोरी भएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले दैनिक सञ्चारलाई बताए ।
रातीको समयमा सहकारीका भवनको भ्यान्टिलेसनबाट भित्र पसेर दराजमा रहेको नगद पैसा चोरी भएको उनले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरुको खोजी भइरहे पनि पहिचान हुन सकेको छैन ।