अब स्नातकोत्तर तहमा नाप नक्सा सम्बन्धी पढाइ हुनेःमन्त्री पद्माकुमारी अर्याल

Share post:

काभ्रे — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा गरिने बताएकी छन् ।

भूमि प्रशिक्षण केन्द्रले ’नापनक्सा सम्वन्धि आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन’ विषयमा मंगलबार काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताइन ।

गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनमा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने मन्त्री अर्यालके भनाई थियो। गोष्ठीबाट केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो। केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालले बताइन।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको दुई दिने गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका १५० बढी सहभागी सहभागी रहेका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए।

ताजा समाचार