नेपालका चारवटा परियोजना सञ्चालन गर्न अर्थ मन्त्रालय र एसियाली विकास ब्याङ्क (एडीबी) बीच ३५८ मिलियन अमेरिकी डलरको ऋण सम्झौता भएको छ ।
मंगलबार भएको सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एसियाली विकास व्याङ्कका नेपाल प्रतिनिधि मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।
एडीबीले प्रदान गर्ने ३५८ मिलियन डलरमध्ये १९५ मिलियन पोखरादेखि मुग्लिनसम्को पृथ्वी राजमार्ग सुधारका लागि खर्च गरिने छ ।
६३ मिलियन बाग्मती नदीको तटीय क्षेत्रमा बाढी व्यवस्थापन र त्यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालनमा खर्च गरिने सम्झौतामा उल्लेख छ ।
त्यसैगरी ५० मिलियन साना किसानको आम्दानी वृद्धि र जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन खर्च हुनेछ ।
५० मिलियन खाद्य सुरक्षा र कृषि क्षेत्रको नीतिगत सुधारमा लगानी गरिने उल्लेख छ ।