प्राज्ञिक विद्यार्थी परिषद नेपालको रजत जयन्तीका अवसरमा १४ जनाले गरे रक्तदान

Share post:

महेन्द्रनगर ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालकोे रजत जयन्तीका अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।

मंगलवार विश्वविद्यालयको व्यवस्थापन संकायको प्राङगणमा परिषदको २५ औँ वार्षिकोत्सवका अवसरमा १४ जना विद्यार्थीले रक्तदान गरेका हुन् ।

लिलावती भट्टको नेतृत्वमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

नन्दा जोशीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा नगर सचिव शुसिला विष्ट, नगर सदस्य केशवराज जोशी लगायत विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार