कञ्चनपुरमा एक जना बृद्धको शव फेला

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा एक जना बृद्ध मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका– २ को मछेली खोला नजिकै ६० वर्षीय वृद्धको शव भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउँदले दैनिक सञ्चारलाई बताए ।

कृष्णपुर नगरपालिका- २ खल्लागोठका स्थानीय प्रताप सिंह महताको शव भेटिएको हो । उनी घरबाट धनगढी जान्छुँ भनेर गएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार