राष्ट्रपति भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

Share post:

काठमाडौँ — संसदको हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिए ।

दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत २०७६ पुस १६ स् ०० बजे अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ ।’

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

ताजा समाचार