स्वास्थ्य चौकी इञ्चार्जको रिहाइको माग गर्दै डोटीमा स्वास्थ्यकर्मी आन्दोलित

Share post:

डोटी । डोटीमा मंगलबारदेखि स्वास्थ्यकर्मीहरुले आन्दोलित भएका छन्। घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टलाई प्रहरीले नियन्त्रण लिएपछि स्वास्थ्यकर्मी आन्दोलिन भएका हुन्।

जिल्लाको जोरायल गाउँपालिका—१ मा पर्ने खार खोप केन्द्रमा गत मंगलबार ५ महिने शिशु प्रविण मल्ललाई खोप लगाइएको थियो।

खोप लगाएको शिशुको मृत्युभएपछि स्वास्थ्यकर्मीले हेलचक्र्याइँ गरिएको आरोप लगाइएको छ। शिशुका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि इन्चार्ज भट्टलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको हो।

स्वास्थ्यकर्मीले गलत आरोप लगाइएको र खोप लगाउने क्रममा कुनै हेलचक्याइँ नभएको भन्दै स्वास्थ्यचौकी इन्चार्ज भट्टको रिहाईको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।

स्वास्थ्यकर्मीको आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार कालो पट्टी बाधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गतेदेखि जिल्ला भरी आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।

यस विषयमा जिल्लाका स्वास्थ्यकर्मी सोमबार डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत गृह सचिवलाई ज्ञापन पत्र समेत पठाएका छन्।

शिशुलाई एफआईपिभि र डिपिटी पेण्टा खोप लगाईएको र पोलियो थुपा खुवाईएको घण्टेश्वर स्वास्थ्यचौकी इञ्चार्ज भट्टले जानकारी दिएका थिए। खोपकै कारण मृत्यु भए/नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो दोष नरहेको उनले प्रष्ट पारेका थिए।

स्वास्थ्यचौकी इञ्चार्ज भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरुले प्रविणको मृत्युको विषयमा स्वास्थ्यकर्मीहरुबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने र स्वास्थ्यकर्मीमाथी मुद्धा दर्ता खोप ऐन तथा नियमावली अनुसार भई अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

ताजा समाचार