शौच गर्न गएको बालकलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु

Share post:

जंगली हात्तीको आक्रमणमा परि एक बालकको मृत्यु र एकजना घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नपा ७ रामपुरका श्रवण महतोको १० वर्षीय छोरा रविन्द्र महतोको मृत्यु भएको हो । उनको सोमबार राती उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

बारीबाट आएको हात्तीले सुँडले आक्रमण गरी आँगनमा लछारपछार पारेर बालकलाई मारेको प्रहरीले जनाएको छ । हात्तीकै आक्रमणबाट गोलबजार नपा १० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । लामालाई थप उपचारको लागि धरान लगिएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।

श्रोतratopati

ताजा समाचार