पत्रिकाहरुका समाचार मुड अफ गर्ने खालका हुन्छनः मुख्यमन्त्री भट्ट

Share post:

धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आजभोलीका पत्रिकाहरुका समाचार दिनभरी मुड अफ गर्ने खालका हुने गरेको धारणा राखेका छन् ।

आमसञ्चार माध्यमहरुले सरकारका नकारात्मक कुरा मात्र खोतल्ने भन्दै मुख्यमन्त्री भट्टले बिहान पत्रिका पढे आफुलाई दिनभरी तनाव हुने बताए ।

कैलालीको धनगढीमा आयोजित प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन तथा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै उनले भने, ‘पत्रिका भनेको बिहान मुड फ्रेस गर्न पढिन्छ, तर आजभोलीका पत्रिकाहरुका समाचार दिनभरी मुड अफ गर्ने खालका हुन्छन ।’

सत्य, तथ्य छुट्याएर धारणा बनाउनु जरुरी रहेको बताउँदै पछिल्लो समय समाजिक सञ्जालले साना घटनालाई ठुला बनाउने गरेको भन्दै उनले त्यसमा संयमता अपनाउनुपर्ने बताए । सबैलाई स्वतन्त्रता भयो भन्दै अरुलाई हानी, नोक्सानी नपुर्याउन मुख्यमन्त्री भट्टले अनुरोध समेत गरे ।

ताजा समाचार