जन्मदर्ता बनाइदिने भन्दै सेवाग्राहीसँग २ लाख घुस लिदै गर्दा वडासचिव पक्राउ

Share post:

सप्तरी । सप्तरीको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका छन् ।

राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।

जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिइरहेका थिए । उनको बिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा समाचार