कैलाली ।
कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ र लम्कीचुहा नगर समितिको संयुक्त आयोजनामा शहिद लाल बहादुर बम र लोकराज ढकाल स्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०७६ हुन लागेको हो ।
लम्कीमा आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काग्रेसका युवा नेता तथा प्रतियोगिता संयोजक लब बहादुर शाहीले स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पुस ३ गते बाट प्रतियोगिता शुरु हुने जनाए ।
खेलको माध्यमबाट सुदुुरपश्चिमको प्रदेशद्धार लम्कीचुहा नगरपालिकालाई देशमै चिनाउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैया नगद, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार पाउने छ ।
द्धितिय हुने टिमले २५ हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र, तृतिय हुने टिमलाई १० हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार राशी रहेको नेपाली कांग्रेसका युवा नेता तथा प्रतियोगिता संयोजक लब बहादुर शाहीले बताए ।
प्रतियोगितामा देश भरका गरी ४० वटा टिमहरुको सहभागीता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैया सम्म खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगितामा टिम दर्ताका लागि आबेदन लिन सुरु भैईसकेको र पौष २ गते सम्म खुल्ला रहनेछ, भने टिम इन्ट्री शुल्क एक हजार पचास रुपयाँ लाग्ने छ । खेल डबल विद्यामा खेलाईने आयोजकले जनाएको छ ।
नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमिति र क्षेत्रीय समितिको कार्तिक २० गते नगर सभापति रामबहादुर विष्टको सभापतित्वमा लम्कीमा सम्पन्नं बैठकले तल्कालिन पञ्चायत विरुद्ध भएको जनआन्दोलनमा सरकार पक्षबाट काठमाडौँमा सहादत प्राप्त गरेका नेपाल विद्यार्थी संघका नेता लाल बहादुर बम र तत्कालिन विर्दोही माओवादी पक्षबाट २०५४ साल फागुन ४ गते कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा हत्या गरिएका नेपाल तरुण दलका नेता सहिद लोकराज ढकालको स्मृतिमा खुल्ला व्याटमिन्टन प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।