२० लाख घुससहित सडक डिभिजनका इन्जिनियर पक्राउ

विज्ञापन

Share post:

काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरेको हो।

उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुन्धान भइरहेको पनि अख्तियारको भनाई छ।

ताजा समाचार