कैलालीको जोशी फर्निचर उद्योगमा आगलागी हुदा लाखौँको क्षति

Share post:

कैलाली ।
कैलालीको धनगढीस्थित जोशी फर्निचर उद्योगमा मंगलवार राती आगलागी भएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का बसन्तराज जोशीले वडा नम्वर ३ पुरानो भन्सार रोडमा सञ्चालन गर्दै आएको जोशी फर्निचर उद्योगमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार आगलागीबाट करिब २५ लाखको क्षति भएको छ । आगलागीबाट फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगो नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।

ताजा समाचार