बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ

विज्ञापन

Share post:

सुर्खेत । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए ।

‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।’

श्रोतरासस

ताजा समाचार