महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणले ४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन् ।
बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले दैनिक सञ्चारलाई बताए ।
पाँच जनाको समुहमा घाँस काट्न गएका महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
ती मध्ये चार जना घाइते भएका छन भने एक जनाको अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ ।