महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
महाकाली नगरपालिका– २ की स्थानीय बसन्ती भट्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले दैनिक सञ्चारलाई बताए ।
यो पनिः दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट ४ जना घाइते
बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय पाँच महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
अहिले भट्टको शव प्राथमिक स्वास्थ्य केन्द्र दोधारा–चाँदनीमा राखिएको प्रहरीले जनाएको छ ।
यस अघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो ।