महेन्द्रनगर । बैतडीमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवार १६ दिने लैंगीक हिंसा बिरुद्धको कार्यक्रम अन्तर्गत शिबनाथ गाउंपालिकाको आयोजनामा उत्त कार्यक्रम सम्पन्न भएको हो । लैंगीक हिंसा सम्बन्धी जन चेतना मुलक कार्यक्रम गरिएको गाउपालीकाले जनाएको छ ।
गाउंपालिका का अध्यक्ष कर्ण बहादुर साउँदको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख धन बहादुर बोहराको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय, महिला संजाल, पत्रकार, शिक्षक, बिद्यार्थी, ब्यापारी तथा सर्ब(साधारण लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाँच सय भन्दा बढीकोे उपस्थित रहेको गाउँपालीकाले जनाएको छ ।