महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
महाकाली नगरपालिका– २ की स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपपुरका डिएसपी नरेन्द्र बहादुर चन्दले दैनिक सञ्चारलाई बताए ।
यो पनिः दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
यो पनिः दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट ४ जना घाइते
बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
जंगल कति जना गएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ । यस अघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो ।