बुधवार बिहान घाँस काट्न गएका कञ्चनपुरको महाकाली नगरपालिका– २ की स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । र अन्य ४ घाईते भएका छन् ।
उत्त घटना पछि चादँनी दोधारा शोकमा डुबेको छ । अहिले पुरै गाँउ त्रसित अवस्थामा रहेको छ । जंगलमा कति जना गएका थिए भन्ने एकिन संख्या थाहा नहुदा झन डरको माहोल बढेको छ ।
सम्बन्धित सामाग्री
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणः २ जनाको मृत्यु, ४ घाइते
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट ४ जना घाइते
हाल सम्म २ को मृत्यु र ४ जना घाईते भएका र जंगलमा कति जना गएका थिए अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र बहादुर चन्दले दैनिक सञ्चारलाई बताए ।
बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
अन्य घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ । यस अघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो ।
घाईते तथा मृतक परिवारलाई क्षति पूर्ति दिन केही समय पछि नगरपालीको बैठक बस्ने नगर प्रवत्ता दिल बहादुर सिजालीले दैनिक सञ्चारलाई जानकारी दिए ।