रेडक्रसद्धारा भीनपालाई विपद प्रतिकार्य सामाग्री हस्तान्त्ररण

Share post:

महेन्दनगर । नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित भीमदत्त नगरपालीकालाई विपद प्रतिकार्य सामाग्रि हस्तान्त्ररण गरेको छ ।

बुधवार एक कार्यक्रमका बिच रेडक्रस शाखा महेन्द्रनगरले भीमदत्त न.पा. लाई झन्डै ४ लाख बराबरको विपद प्रतिकार्य सामाग्रि हस्तान्त्ररण गरेको हो ।

विपद जोखीम व्यवस्थापन तथा प्रतिकार्यको लागी स्थानिय तहलाई विपद प्रतिकार्य सामाग्रि वितरण गरीएको रेडक्रस शाखा महेन्द्रनगरका सभापति टेकराज उप्रेतीले बताए ।

उनले भने‘जिल्लामा कुनै पनि बेला विपद पर्न सक्छ,’त्यसैले जिल्लामा प्रयाप्त विपद व्यावस्थापन तथा उद्धारका लागी विपद प्रतिकार्य सामाग्रि हुन जरुरी छ ।’

त्यस्तै नगर उपप्रमुख शुशिला चन्दले रेडक्रसले यो सामाग्रि हस्तान्त्ररण गरेर स्थानिय तहलाई जोखिम न्युनिकरण तथा प्रतिकारको लागी तयार रहन संकेत दिएको भन्दै धन्यवाद दिएकी छन् ।

भीमदत्त न.पा.लाई हाफ ज्याकेट, सेप्टी हेल्मेट, माक्स, रेन कोट, सेप्टी बुट, मेघाफोन, रेस्क्यु डोरी, लाईफ ज्याकेट, लगाएतका २९ प्रकारका विपद प्रतिकार्य सामाग्रि हस्तान्त्ररण गरीएको रेडक्रस शाखा महेन्द्रनगरले जनाएको छ ।

ताजा समाचार