सागमा स्वर्ण जित्नेलाई जनही ९ लाख दिने सरकारको घोषणा

Share post:

काठमाडौं ।
दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ।

एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन्।

यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन्।

नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको थियो।

ताजा समाचार