हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई महाकाली नगरपालिकाले जनही ५० हजार दिने

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधवार मृत्यु भएका दुई जनाको परिवारलाई क्रिया खर्च बापत ५०/५० हजार रुपैया राहत दिने भएको छ ।

बुधवार बसेको नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएर पीडामा रहेका परिवारलाई ५०/५० हजार क्रिया खर्च प्रदान गर्ने निर्णय भएको महाकाली नगरपालिकाकी उप–प्रमुख चिनी गिरीले दैनिक सञ्चारलाई बताइन ।

घाइते परिवारलाई उपचार खर्च बापत जनही २५/२५ हजार दिने निर्णय गरेको हो । राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा केन्द्र सरकारसंग पहल गर्ने महाकाली नगरपालिकाकी उप–प्रमुख चिनी गिरी बताउँछिन् ।

बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।

स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।


सम्बन्धित सामाग्री

ताजा समाचार