महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका अन्तर्गत दोधारा–चाँदनीमा जंगली हात्तीले आतंक मचाएको छ ।
बुधवार बिहान महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुालाई आक्रमण गरेर दुई जनाको मृत्यु भएको थियो भनोा चार जना घाइते भएका थिए ।
बुधवार बेलुका फेरी दोधारा–चाँदनीमा जंगली ४/५ हात्तीको बथान देखा परेको छ । महाकाली नगरपालिका–१ को गौरी शंकर सामुदायिक वन नजिक हात्तीको बथान देखा परेको प्रहरीले जनाएको छ ।
गौरी शंकर सामुदायिक वन नजिक जंगली हात्ती देखा परेपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले दैनिक सञ्चारलाई बताए ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरु हात्ती धपाउन सो क्षेत्रमा लागेका छन् ।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र बिओपीबाट ११/११ जना प्रहरी त्यस क्षेत्रमा परिचालन भएका छन् । स्थानीयहरु आगो बालेर जाग हात्ती धपाउनमा लागेका छन् ।
दोधारा–चाँदनीमा जंगली जनावरले आतंक मचाउन थालेपछि स्थानीय प्रशासनले संयमता अपनाउन आग्रह समेत गरेको छ ।
जंगली हात्तीको आक्रमणबाट बुधवार स्थानीयको ज्यान गए पछि बारम्बार हात्तीको बथान देखिन थालेपछि दोधारा चाँदनीका स्थानीय त्रसित छन् ।
‘लगातार हात्तीको बथान देखिन थालेको छ । हामीलाई घरमा बस्न पनि डर लागि रहेको छ ।’ स्थानीय राम सिंह सुनारले भने, ‘रातभरि जाग्राम बसेर हात्ती धपाउनु परेको छ ।’
महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।
स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुमध्ये एक जनाको महाकाली अस्पताल र तीन जनाको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।
सम्बन्धित सामाग्री
- दोधारा–चाँदनीका दुई जनाको दाहसंस्कार (फोटो फिचर)
- महाकाली नगरपालिकाले जनही ५० हजार दिने
- पत्रकार भट्टलाई मातृशोक
- हात्ती आतंकः एकाएक कञ्चनपुर शोकमय
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणः २ जनाको मृत्यु, ४ घाइते
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणबाट ४ जना घाइते