बझाङ्गमा देउडाको माध्यमबाट लैङ्गिक हिंसा सम्बन्धि जनचेतना (फोटो फिचर)

Share post:

महेन्द्रनगर । बझाङ्गमा देउडाको माध्यमबाट लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको मष्टा गाउँपालीका ३ स्थित भातेखोलामा हिंसा विरुद्ध जनचेतना मुलक देउडा कार्यक्रम गरीएको गाउँपालिकाले जनाएको छ ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत मष्टा गाउपालीकाको आयोजनामा महिला हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘समानताको पुस्ता बलात्कार बिरुद्धको ऐक्यबद्धाता’ भन्ने मुल नारा साथ लैङ्गिक हिंसा सम्बन्धि जनचेतना मुलक देउडा र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बमले लैङ्गिक हिंसा,बाल बिवाह,बहुविवाह,छाउपडी प्रथा लगायतका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

एकिकृत बिकास मञ्च बझाङ्गका अध्यक्ष धर्मराज खड्काको अध्यक्षता र गाउँपालीका उपाध्यक्ष भगवती कुमारी बोहराको प्रमुख आथित्यमा सम्पन्न उत्त कार्यक्रममा झन्डै ३ सय को उपस्थिती रहेको गाउँपालीले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे,स्थानीय निकायका जनप्रतिनिधी,सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख, पत्रकार, महिला अधिकारकर्मी, महिला संञ्जाल,स्थानिय शिक्षक,बिद्यार्थी, बाल क्लव सरोकारवाल निकाय,सर्वसाधारण लगाएतको कार्यक्रमा सहभागिता रहेको थियो ।

ताजा समाचार