४० हजार घुससहित प्रहरी इन्सपेक्टर पक्राउ

Share post:

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

इन्स्पेक्टर थापालाई ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनले अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग सो रकम लिएका थिए।

ताजा समाचार