महेन्द्रनगर ।
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीलाई प्रदेश सरकारले जनही १ लाख दिने भएको गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई ३० हजार प्रदान गरिने भएको हो ।
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सुदूरपश्चिमका ८ खेलाडीहरुले जम्मा ११ स्वर्ण जितेका छन्।