महेन्द्रनगर ।
देशका विभिन्न ठाउँमा नेपाल टेलिकमले तीव्र गतिको डाटा र भ्यावाइस सेवा चलाउन मिल्ने सेवा उपलब्ध गराइरहेको छ ।
तीव्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ ।
काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ ।
कन्चनपुरको महेन्द्रनगरस्थित बजार लाइन तथा म्याग्दीको बेनी बजार र बेनी एक्सचेन्ज तथा नवलपरासीको बर्दघाटस्थित बाढीपीडित क्षेत्र र क्याविनेट २ क्षेत्रमा यो सेवा उपलब्ध छ ।
कैलालीमा यो सेवा धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ । पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध छ ।