पप्पु गुरुङ्
दोधारा ।
‘हात्ती पीडित क्षेत्र’ का रुपमा माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोललाई मात्र चिनिन्थ्यो । तर, अहिले आएर माहाकाली नगरपालिकाको अधिकांश स्थानमा हात्तीको उपद्रो बढ्दो छ् ।
शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट माहाकाली नगरपालिकाका बस्ती भित्रिने जंगली हात्तीको संख्या भन्दा भारत संग सीमा जोडिएको माहाकाली नगरपालिकाका बस्ती पस्ने हात्तीको आंतक बढ्दै गएको छ् ।
हिजो बिहान हात्ती धपाउन गएका माहाकाली नगरपालिका वडान नंं. २ का २ महिलाले ज्यान गुमाउनु प¥यो । ४ जना महिला उपचारकै क्रममा रहेका छन् । माहाकाली नगरपालिका वडा नं. १, २, ३, ७ र १० वडाहरु भारतिय सिमा जोडिएका वडाहरुमा बिगत लामो समय देखी हात्तीको त्रासद्धि बढ्दै गएको स्थानियहरु बताउछन् ।
किसानहरुले खेती लगाएको समयमा माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा दैनिक जसो हात्तीको बथान बस्तीमा पस्दा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ् । माहाकाली नगरपालिका क्षेत्रमा हात्तीको कारण ३ सय भन्दा बढी घरधुरी प्रभावित हुदै आएको एक आंकलन छ् ।
बडवाल टोलका करिब १ सय ७५ घरधुरी पुर्णरुपमा हात्तीको आतंकबाट आजित हुदै आएका छन् । बडवाल टोलमा खेतीको समयमा जंगली हात्तीले क्षति नपु¥याएको रातनै छैन् । उक्त बस्तीमा हात्तीको कारण बालक देखि वृद्ध सम्म सबै आतंकित छन् । रातैपिच्छे स्थानीयका बाली नष्ट हुने गरेको छ् ।
यो पनिः कञ्चनपुरमा हात्तीको आतंक भयावहः २ दिनमा २ जनाको मृत्यु, ५ जना घाइते
घरमा थन्काएर राखेको अन्न समेत खाईदिदा चामल किनेर खानु पर्ने अवस्था सिर्जना भएको छ् । सिमावर्ती भारतिय जंगलबाट माहाकाली नगरपालिकाका मध्यरातमा पस्ने गरेका जंगली हात्तीको आतंक सर्वसाधारणका लागी झेल्नै पर्ने नियति बनेको छ् ।
राज्यले जनधनको क्षति भएपछि निर्देशिका अनुसार राहत दिने गरेको छ् । तर माहाकाली नगरपालिकाका सिमा बस्तीमा बसोबास गर्दै आएका स्थानियहरुको जग्गाधनी पुर्जा नभएको कारण राहत तथा क्षतीपुर्ती पाउन सकेका छै्रन् । ‘राहत र क्षतीपुर्तीको कुरा गर्दा निकुञ्जले जग्गा धनी पुर्जा माग्छ π हामी संग जग्गाधनी पुर्जानै छैन्’ स्थानियहरु बताउछन् । राज्य संयन्त्रले जंगली हात्ती नियन्त्रणको ठोस कदम नचाल्दा माहाकालीका स्थानियहरु हे-या–हे-यै गर्न बाध्य भएका छन् ।
‘कैयौं रात भईसक्यो राम्ररी निदाउन पाएका छैनौ’ बडवाल टोलका स्थानिय लक्ष्मी राना बताउछन् । उनि भन्छन्– ‘बस्तीमा हात्ती आयो भन्ने हल्लाले ज्यान कसरी बचाउने भन्ने चिन्ता हुन्छ । रातभरी हात्ती धपाउदै ठिक्क हुन्छ । कहा“ निदाउनु ।’
मायापुरी मध्यवर्ती सामुदायिक बनमा देखिदै आएको जंगली हात्ती पनि बडवाल टोलका घर आंगनबाट हुदै गएको बडवाल टोलबासीको दाबी छ् । बडवाल टोलमा जंगली हात्तीको दैनिक जसो क्षतिले स्थानीयबासी बसाई जानुपर्ने अवस्था सिर्जना भएको बताउदै आएका छन् ।
‘हात्ती आयो भन्ने सुनेपछि केटाकेटी डराएर रुने, कराउने गर्न थाल्छन्’ बडवाल टोलका अर्का स्थानिय लक्ष्मी सुतारले भनिन्– ‘हात्ती आतंकको नराम्रो छाप केटाकेटीमा समेत परेको छ् । उनीहरुलाई खेतमा बाली भएको बेला घरमा राख्नै समस्या भईसक्यो ।’
यो पनिः एकाएक कञ्चनपुर शोकमय
स्थानियका अनुसार भारतिय जंगलमा २ दर्जन भन्दा बढी छावा सहितको हात्ती रहेको अनुमान गरेका छन् । दिन भरि भारतिय जंगल भित्र बस्ने हात्ती रात परे संगै आहाराको खोजीमा बाहिर निस्किने गर्छन् । ‘जंगल भित्र उनीहरुका लागि खाने कुरा केही छैन । त्यसैले हात्ती नेपाली बस्तीमा पस्छन्,’ स्थानिय लक्ष्मी सुतारले भने ।
उनका अनुसार भारतबाट जंगली हात्ती बस्तीमा आउने क्रम अझै रोकिएको छैन् । बिगतका दिनहरुमा शुक्लाफा“टा राष्ट्रिय निकुञ्जको सहयोगमा बडवाल टोल तथा आसपासको क्षेत्रमा विद्युतीय तारबार गरिएपनि उक्त तारवार काम नलाग्ने अवस्थामा रहेको बताईएको छ् ।
‘बिशेष गरेर हात्तीले खेतीको समयमा बढी दुःख दिने गरेको छ,’ स्थानिय आशा राना क्षेत्रीले भने– ‘खेतमा अन्नवाली लगाएको बेला जंगली हात्ती बस्ती पस्ने गरेको छ् ।
’ हात्ती समसा“झै बस्तीमा पस्ने र बिहानपख जंगल तर्फनै लाग्ने गरेको आशा राना क्षेत्रीको भनाई रहेको छ् । बस्तीमा पसेको हात्तीलाई स्थानीयहरुले हो–हल्ला गरेर डर देखाउदै धपाउने गरे पनि उल्टै हात्तीले खेद्न आउने गरेको उनिहरु बताउछन् ।