समाचार संकलन गर्न ढिलो पुगेको भन्दै पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष समेत रहेका काफ्लेमाथि बिहिवार दिउँसो कुटिएका छन् ।
सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको समाचार संकलन गर्न ढिलो पुगेको भन्दै उनलाई कुटिएको हो । कुटपिटमा परेका काफ्लेको टाउको मा चोट लागेको छ ।