हात्ती आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार र घाइतेलाई २५ हजार प्रदान

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधवार मृत्यु भएका दुई जनाको परिवारलाई क्रिया खर्च बापत ५०/५० हजार रुपैयाँ प्रदान गरेको छ ।

यस्तै घाइते परिवारलाई उपचार खर्च बापत जनही २५/२५ हजार उपलब्ध गराएको छ । बुधवार बसेको नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएर पीडामा रहेका परिवारलाई ५०/५० हजार क्रिया खर्च र घाइते परिवारलाई उपचार खर्च बापत जनही २५/२५ हजार दिने निर्णय नगरपालिकाले गरेको थियो ।

बुधवार बेलुका सो रकम हात्ती पीडित परिवारलाई हस्तान्तरण गरिएको महाकाली नगरपालिकाकी उप–प्रमुख चिनी गिरीले दैनिक सञ्चारलाई बताइन ।

राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा केन्द्र सरकारसंग पहल गर्ने महाकाली नगरपालिकाकी उप–प्रमुख चिनी गिरी बताउँछिन् ।

बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो ।

स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुमध्ये एक जनाको महाकाली अस्पताल र तीन जनाको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।


सम्बन्धित सामाग्रीहरु

ताजा समाचार