कञ्चनपुरको बेदकोट नगरपालिकामा हात्तीको आक्रमणबाट एक जना घाइते

Share post:

महेन्द्रनगर ।

कञ्चनपुरमा जंगलीको बेदकोट नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

जिल्लाको बेदकोट नगरपालिका–२ स्थित मुक्त कमैया शिविरका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएका हुन ।

यो पनिः दोधारा–चाँदनीमा जंगली हात्तीको आक्रमणः २ जनाको मृत्यु, ४ घाइते

बुधवार राती बस्ती नजिकै रहेको जनचेतना सामुदायिक वनबाट बस्ती छिरेको हात्तीको बथानले घरमा सुतिरहेका डगौँरालाई आक्रमण गरेको बेदकोट नगरपालिका २ का वडाध्यक्ष नरेश सिंहले दैनिक सञ्चारलाई बताए ।

हात्तीको बथानले डगौँराको घरमा समेत क्षति पुर्याएको उनले बताए । घाइते डगौँरालाई अहिले उपचारका लागि महाकाली अस्पताल ल्याइदै छ ।

बुधवार विहान मात्रै महाकाली नगरपालिका समेत हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु तथा चार जना घाइते भएका थिए ।

यस्तै केही दिन अगाडी मात्रै पनि बेदकोट नगरपालिकाको सोही क्षेत्रमा हात्तीको आक्रमणबाट एक जना महिला घाइते भएकी थिइन ।

Image may contain: plant and outdoor

फोटो सौजन्यः नरेश सिंह

ताजा समाचार