नहरमा तैरिरहेको अवस्थामा कञ्चनपुरमा एक युवकको शव फेला

Share post:

महेन्द्रनगर ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा बिहिवार एक जना युवकको शव भेटिएको छ ।

बेदकाट नगरपालिका–१० को सिसाया चौराहा नजिकै नहरमा तैरिरहेको अवस्थामा एक १९ वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

युवकको पहिचान खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

घटनास्थलतर्फ प्रहरी टोली गएको डिएसपी नरेन्द्र चन्दले दैनिक सञ्चारलाई बताए ।

घटनास्थल नजिकै मोटरसाइकल भेटिएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

फोटो सौजन्यः बसन्त चटौत

ताजा समाचार