महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्तिथ महाकाली अस्पतालमा निशुल्क शल्यक्रिया गरीने भएको छ ।
बुधवार देखी अस्पतालमा हाईड्रोसिल र आङ्ग खस्ने(पाठेघर) रोगका विरामहरुको निशुल्क चेकजाँच तथा शल्यक्रिया गरिरहेको अस्पतालका व्यास्थापन समितिका अध्यक्ष कृष्ण जोशी(बोक्सर)ले बताए ।
हाईड्रोसिल तथा आङ्ग खस्ने रोगका विरामीले अस्पतालमा आएर निशुल्क शल्यक्रिया तथा उपार गर्न सक्ने अस्पताल व्यावस्थापन समितिले जानाएको छ ।