कञ्चनपुरमा नहरमा शवः मोटरसाइकल दुर्घटनामा परेका थिए सन्तोष !

Share post:

महेन्द्रनगर ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया चौराह नजिकै नहरमा भेटिएका युवकको पहिचान खुलेको छ ।

मृत भेटिने कृष्णपुर नगरपालिका–२ वाणीका १९ वर्षी सन्तोष पन्त रहेको सिसैया प्रहरी चौकीका सइ भोज सिंह धामीले दैनिक सञ्चारलाई बताए ।

यो पनिः नहरमा तैरिरहेको अवस्थामा कञ्चनपुरमा एक युवकको शव फेला

से ६ प २२४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर  पन्तको ज्यान गएको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका–१० नयाँ गाउँ बिहेमा जान लागेका पन्त सवार मोटरसाइल दुर्घटनामा परेको सिसैया प्रहरी चौकले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परी यज्ञराज पन्त घाइते पनि भएका छन् । उनी मृतक सन्तोषका काका हुन ।

यज्ञराजले मोटरसाइकल चलाइरहेको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते भएका यज्ञराजलाई उपचारका लागि धनगढी पठाइएको छ ।

मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

ताजा समाचार