महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंह जंगली हात्तीको आक्रमणबाट घाइतेको उद्दारमा आफै जुटेका छन् ।
बुधवार राती बेदकोट नगरपालिका–२ स्थित मुक्त कमैया शिविरका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएका थिए ।
बुधवार राती बस्ती नजिकै रहेको जनचेतना सामुदायिक वनबाट बस्ती छिरेको हात्तीको बथानले घरमा सुतिरहेका डगौँरालाई आक्रमण गरेको बेदकोट नगरपालिका २ का वडाध्यक्ष नरेश सिंहले दैनिक सञ्चारलाई बताए ।
यो पनि पढ्नुहोस्ः एकाएक कञ्चनपुर शोकमय
कञ्चनपुरका वन, जंंगल नजिक रहेका ग्रामीण क्षेत्रमा वर्षेनी जनावरले आतंक मचाउदै आएका छन् ।
हात्ती पीडितहरुलाई राहत उपलब्ध गराइने वडाध्यक्ष सिंह बताउँछन् । वडा कार्यालय, नगरपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारसंग हात्ती पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि पहल गर्ने उनले बताए ।
‘मुचुल्का तयार गर्ने काम भइरहेको छ । हात्ती पीडित परिवारलाई राहत उपलब्ध गराउनका लागि हामी छलफल गर्दै छौँ ।’ उनले भने, ‘वन, स्थानीय प्रशासन, नगरपालिकासंग छलफलमा छौँ, प्रदेश र केन्द्र सरकार पहल गर्ने छौँ ।’
बुधवार वडाध्यक्ष सिंहले हात्तीको आक्रमणबाट घाइतेलाई उद्दार गरेर अस्पताल पु-याएका थिए ।
बेदकोट नगरपालिका–२ का वडाध्यक्ष सिंह सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।
बेदकोट नगरपालिका–२ को वडाध्यक्षमा नरेश सिंह निर्वाचित भएपछि विकासले अद्धभुत फड्को मारेको छ ।
हात्तीको आक्रमणबाट घाइते भएका बेदकोट नगरपालिका–२ का ७० वर्षीय वृद्ध डगौँराको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
उनको खुट्टा र टाउकोमा चोट लागेको छ । हात्तीको बथानले डगौँराको घरमा समेत क्षति पुर्याएको छ ।